पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तुलसीलाल स्मृति सम्मानबाट सम्मानित

अ+
अ
अ-

काठमाडौं । नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सम्मानित भएका छन्।

नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानको कदर गर्दै तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृति दिवस कार्यक्रमका अवसरमा उनलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेकी हुन्।

प्रतिष्ठानका अनुसार लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै जग्गा प्राप्ति, भवन निर्माण तथा संस्थागत विकासमा पुर्‍याएको योगदान, साथै समाजसेवा, जनहित, कल्याण, न्याय, समानता र समृद्धिका क्षेत्रमा दिएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाललाई सम्मान गरिएको हो।