अ+
अ
अ-
काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको निधनप्रति शोक व्यक्त गर्दै उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिएको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै पूर्जाको असामयिक निधनले समग्र गाउँपालिका तथा राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। श्रद्धाञ्जलिस्वरूप गाउँपालिकाभित्रका कार्यालय तथा शैक्षिक संस्थामा एक दिन सार्वजनिक शोक बिदा दिइएको जनाइएको छ।
विश्वकीर्तिमानी पर्वतारोही निम्स दाइ पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको पुष्टि भएपछि देश तथा विदेशबाट श्रद्धाञ्जलि व्यक्त गर्ने क्रम जारी छ। उनको साहस, नेतृत्व र पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदानको व्यापक प्रशंसा भइरहेको छ।


