सुनको मूल्यमा १ हजार ८ सय रुपैयाँ गिरावट, चाँदी पनि प्रतितोला ४५ रुपैयाँ सस्तो

अ+
अ
अ-

काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो।

महासङ्घका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ।