अ+
अ
अ-
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ३ चुनीखेलमा सिक्री लुटेर भाग्दै गरेका एक युवकलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ।
प्रहरीका अनुसार गएराति करिब १०ः२५ बजे सिक्री लुटेर भाग्ने क्रममा पक्राउ परेका कर्मा तामाङले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो ।
प्रहरीका अनुसार तामाङलाई नियन्त्रणमा लिन क्रममा घुँडामुनि गोली प्रहार गरिएको थियो। गोली लागेर घाइते भएका तामाङलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।


