अ+
अ
अ-
काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार काभ्रे र सिन्धुली जोड्ने बीपी राजमार्ग, कान्ति लोकपथ, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत अरनिको राजमार्गको जिरो किलो–कोदारी खण्ड, दाेलखाकाे किर्नेटार सडक खण्ड, रसुवाको पासाङल्हामु सडक खण्ड तथा गोरखाको लार्के–बेनीघाट कच्ची सडक अवरुद्ध भएका छन्।
प्रहरीका अनुसार बाढी, पहिरो तथा सडक कटानका कारण ती क्षेत्रमा यातायात सञ्चालन प्रभावित भएको हो।
प्रहरीले वर्षाका कारण जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकाय वा प्रहरीबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सबै यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको


