दीपमाला ढकालले मिस नेपाल २०२६

+
-

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन्।

ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २४ जना फाइनलिस्टमध्ये २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज पहिरिएकी हुन्।
यसअघि दीपमालाले मिस नेपाल हङकङ इन्टरनेशनलको उपाधिसमेत जितेकी थिइन्।

त्यस्तै, कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ तथा आर्या निशान्तले मिस नेपाल इन्टरनेशनल २०२६ को उपाधि जितेका छन्। कशिस सुब्बाले १८ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गरिसकेकी छन्।