`विवादास्पद शब्द फिर्ता लिदै´ गौतमको क्षमायाचना

अ+
अ
अ-

काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दीपक कुमार गौतमले सार्वजनिक रुपमा माफी माग्नु भएको छ।

आज सामाजिक संजालमा लामाे स्ट्याटस लेख्दै गौतमले हालै अनुगमनका क्रममा ओभरलोड नियन्त्रणका विषयमा ट्राफिक प्रहरीसँग भएको संवाद विवादमा परेपछि माफी माग्नु भएको होइन ।

उहाँले लेख्नु भएको छ,“मबाट “तिमी” भन्ने शब्द प्रयोग भएको सन्दर्भ सामाजिक सञ्जालमा विभिन्न रूपमा आएकोप्रति मेरो ध्यानाकर्षण भएको छ।उक्त शब्द प्रयोगले मेरो पदीय मर्यादा र सार्वजनिक अपेक्षाअनुसारको भाषा प्रस्तुत हुन नसकेको स्वीकार गर्दै सम्बन्धित ट्राफिक प्रहरी तथा सम्पूर्ण आमनागरिकसमक्ष म क्षमायाचना गर्दछु।´´

मेरो उद्देश्य कसैको सम्मानमा आँच पुर्‍याउने नभई ओभरलोड नियन्त्रण र कानुनको प्रभावकारी कार्यान्वयनका लागि भएको छलफल मात्र थियो। तर, त्यस क्रममा प्रयोग भएको शब्दले फरक अर्थ लाग्न गएकोमा दुःखी छु । ठयस घटनाबाट आवश्यक शिक्षा लिँदै आगामी दिनमा अझ संयमित, मर्यादित र जिम्मेवार भाषाशैली अपनाएर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउँदछु । उहाँले लेख्नु भएको छ।