श्रावण २९ गते देखि लज्जावती हेर्न पाइने

अ+
अ
अ-

काठमाडौ । प्रेम, धोका, बिछोड र जीवन सङ्घर्षको कथा बोकेको ‘लज्जावती’ चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा प्रेम सम्बन्धमा आउने उतारचढाव, विश्वासघात, बिछोड र त्यसपछि पात्रहरूले भोग्ने जीवन सङ्घर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।

चलचित्रमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका राईमाझी, केशव रिजाल, धिरेन शाक्य , प्रिया रिजाल, हिँउवाला गौतम ,विशाल पोखरेल, सीपी पौडेल, आरआर खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको निर्देशन राजकुमार सानेले गरेका हुन् भने निर्माण आहा फिल्म्सले गरेको हो। ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।