वीपी राजमार्ग अवरुद्ध ,मुद्दा फिर्ता गराउन मेयर आफै सडकमा

अ+
अ
अ-

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित वीपी राजमार्ग स्थानीयवासीले अवरुद्ध गरेका छन्। वन प्रशासनले चार स्थानीयविरुद्ध झुटा मुद्दा दर्ता गरेको आरोप लगाउँदै उनीहरूले चक्काजाम गरेका हुन्।

यसअघि कालापानी क्षेत्रमा बसेको सर्वदलीय बैठकले चार जनामाथि दर्ता भएको मुद्दा फिर्ता गराउन पहल गर्ने निर्णय गरेको थियो। बैठकमा बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्रीले मुद्दा फिर्ताका लागि पहल गर्ने जिम्मेवारी लिएका थिए।

तर, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दर्ता भएको मुद्दा अनुसन्धान प्रक्रियामा रहेकाले तत्काल फिर्ता लिन नमिल्ने बताएका छन्।

सर्वदलीय बैठकपछि मेयर क्षेत्रीले निश्चित समयभित्र मुद्दा फिर्ता लिन सम्बन्धित निकायलाई अल्टिमेटम दिएका थिए। उक्त माग पूरा नभएको भन्दै स्थानीयले वीपी राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन सुरु गरेका हुन्।

राजमार्ग अवरुद्ध भएपछि सवारी आवागमन प्रभावित भएको छ।