गृह र शिक्षा मन्त्रीले राष्ट्रिय सभामा जवाफ दिने

अ+
अ
अ-

काठमाडौं। संघीय संसद् राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशन आज शुक्रबार अपराह्न १ः१५ बजे बस्ने भएको छ।

राष्ट्रिय सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनेछन्। त्यसैगरी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

यस्तै, राष्ट्रिय सभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा संविधान सभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रिय सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि समावेश गरिएको छ।