अ+
अ
अ-
चितवन । विश्व हिन्दू महासंघ चितवन शाखाले तराईका जिल्लाहरूमा भइरहेका हिंसात्मक घटनाप्रति विरोध जनाउँदै शान्ति स्थापना र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले भोलि चितवनमा सद्भाव र्यालि गर्ने भएको छ।
शाखाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको जानकारीअनुसार बन्दसँगै शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्न शान्ति–सद्भाव र्याली समेत आयोजना गरिनेछ।
महासंघले पछिल्लो समय देखिएको हिंसा, तनाव र द्वन्द्वप्रति सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग गर्न सर्वसाधारण, सामाजिक संघसंस्था तथा सरोकारवालालाई र्यालीमा सहभागी हुन अपिल गरेको छ।


