राष्ट्रपति रामचन्द्र पौडेलको अपिल

/fli6«o hfu/0f cleofgcGtu{t tgx'Fsf] 8'd|]df laxLjf/ cfof]lht If]qLo e]nfnfO{ ;Daf]wg ub}{ g]kfnL sfªu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n . t:jL/ M s[i0f Gof}kfg], bdf}nL, -tgx'F_, /f;;
+
-

काठमाडौ । सुनसरीको देवानगञ्ज गाउँपालिका-कप्तानगञ्जमा भएको दुःखद घटनापछि देशका केही भागमा देखिएको विषम परिस्थितिप्रति राष्ट्रपति रामचन्द्र पौडेलले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ।

राष्ट्रपतिले घटनापछि उत्पन्न परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई शान्ति–सुरक्षा र सुव्यवस्था कायम गर्न सरकार सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले कठिन परिस्थितिमा समुदायबीच एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबैलाई हार्दिक अपिल गर्नुभएको छ।

विज्ञप्तिमा नेपालको पहिचान सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व रहेको उल्लेख गर्दै शान्ति, अमनचयन र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह गरिएको छ।

साथै, घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई सचेत हुन राष्ट्रपति पौडेलले आग्रह गर्नुभएको छ।