अ+
अ
अ-
सिराहा ।सिराहाको गोलबजारमा शुक्रबार भएको विरोध प्रदर्शन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ।
सुनसरीमा भएको घटनाको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो। अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिने क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको हो ।
दिनकाे २:०० बजेदेखि जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा तत्काल कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू लागू गरिए पनि केही स्थानमा प्रदर्शनकारीहरू सडकमा उत्रिएर विरोध जारी राखेका छन्।

