अ+
अ
अ-
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले हाल तराईका विभिन्न जिल्लामा देखिएको विवाद र द्वन्द्वप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेका छन्।
निर्मल निवास सचिवालयद्वारा जारी गरिएको ‘सद्भाव सन्देश’ मा सुनसरीसहित तराईका विभिन्न जिल्लामा भइरहेको आपसी द्वन्द्वप्रति आफू चिन्तित रहेको उल्लेख गरिएको छ।
सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक देश भएकाले यही विविधता नै नेपालको गौरव र पहिचान भएको उल्लेख गर्दै कुनै पनि व्यक्ति वा समूहले यसमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरिएको छ।
“हाम्रो मौलिक मान्यता भनेकै सबै नेपाली मिलेर बस्ने हो। आपसी सद्भाव, सहअस्तित्व र एकतामै राष्ट्रको शक्ति निहित छ। आजको आवश्यकता पनि यही हो,” सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

