अ+
अ
अ-
काठमाडौ । सुनसरीमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ।
बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
सुनसरीबाट सुरु भएको दुई समूहबीचको हिंसात्मक तनाव अहिले सिरहासम्म फैलिएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, शान्ति र सद्भाव कायम राख्न तथा कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

