जंगली च्याउ खाँदा दुई जना बेहोस

अ+
अ
अ-

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ खटारमा जंगली च्याउ खाँदा श्रीमान्–श्रीमती बेहोस भएका छन्।

प्रहरीका अनुसार बुधबार अपराह्न करिब ३:३० बजे स्थानीय ४९ वर्षीय बलबहादुर दनुवार र उनकी ५१ वर्षीया श्रीमती बेली दनुवारले आफ्नै घरमा जंगली च्याउ खाएका थिए। च्याउ खाएपछि उनीहरू अचानक अस्वस्थ भई उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

हाल दुवै जनाको अवस्था बोल्न नसक्ने तथा बेहोस रहेको जनाइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।