साताको सुरुआतमै सुनको मूल्य घट्दो, छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ

+
-

काठमाडौं । नेपाली बजारमा साताको सुरुआतमै सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ।

गत साता एकैपटक ५ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य यस साताको सुरुआती दिनहरूमा भने लगातार घट्ने क्रममा रहेको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्यमा आएको उतारचढावका कारण सुनको मूल्यमा पनि दैनिक रूपमा तलमाथि भइरहेको हो। अन्तर्राष्ट्रिय बजारको प्रवृत्तिअनुसार नेपाली बजारमा पनि सुनको मूल्य समायोजन हुने गरेको छ।