इनरुवा। जिल्ला प्रशासन कार्यालय, सुनसरीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार २०८२ साउन १ गते साँझ ७:०० बजेदेखि अर्को आदेश नभएसम्म तोकिएका क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।
प्रशासनले कर्फ्यु अवधिमा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, नाराबाजी तथा आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
कर्फ्यु लागू गरिएका क्षेत्रहरू:क्षेत्र ‘क’ (हरिनगर बजार क्षेत्र),पूर्व गुडिया टोल,पश्चिम रविन खुनिया घर,उत्तर हरिनगर गाउँपालिका कार्यालय,दक्षिण, बसन्तपुर मोड, क्षेत्र ‘ख’ (घुस्की बजार क्षेत्र),पूर्व मेदिया पारि खोला,पश्चिम इसराइल फिल्ड,उत्तर , मुसहरी खोला ,दक्षिण हरिनगर गाउँपालिका कार्यालय, क्षेत्र ‘ग’ (कसामगञ्ज बजार क्षेत्र)छ।
पूर्व यादव टोल,पश्चिम पूर्वी सिमानासम्म, कृष्ण मन्दिर,दक्षिण नेपाल–भारत सीमा क्षेत्र ,क्षेत्र ‘घ’ (भुटही बजार क्षेत्र),पूर्व कासिम मन्सुरा,पश्चिम प्रहरी चौकी भुटही,उत्तर झा हार्डवेयर,दक्षिण हिमालय पब्लिक स्कुल,क्षेत्र ‘ङ’ (देवानगञ्ज बजार क्षेत्र)छ। पूर्व विराटनगर जाने बाटोको मुसहर टोल,पश्चिम मेरिया खोला,उत्तर बियर मिस, गाउँपालिका कार्यालयमा कर्फ्यु लागू गरिएको हो।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगरी आधिकारिक सूचनामात्र पछ्याउन र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।


