राजमार्ग अवरुद्ध, पहिरो हटाउने कार्य जारी

अ+
अ
अ-

काभ्रेपलान्चाेक । गएरातिदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–स्थित पिन्थली र गिम्दीबेशी क्षेत्रमा लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

राजमार्ग अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरीको टोली परिचालीत भएका छन् । साथै, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस भकुण्डेबेशीबाट सशस्त्र प्रहरी सहित अस्थायी मनसुन प्रतिकार्य बेस मंगलटारबाट सशस्त्र प्रहरीको कमाण्डमा ७ जनाको टोली घटनास्थलमा खटिएको छ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरी जेसीबीको सहायताले पहिरो तथा लेदो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।