एमाले-नेकपाबीच प्रदेश सरकार गठनमा सहमति, पाँच प्रदेशको नेतृत्व टुंगियो

+
-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। दुवै दलबीच भएको सहमतिअनुसार प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गरिने छ ।

शनिबार सार्वजनिक गरिएको सहमति पत्रमा कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने उल्लेख गरिएको छ।

यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व तय गर्ने सहमति भएको छ।

सहमति पत्रमा विगतमा प्रदेशसभामा बजेट निर्माण, बजेट विनियोजन तथा राजनीतिक प्रतिस्पर्धाका कारण देखिएका असमझदारी र समस्यालाई समाधान गर्दै जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र विकास निर्माणको गतिलाई तीव्रता दिन दुवै दल सहमतिमा पुगेको उल्लेख गरिएको छ।