अ+
अ
अ-
काठमाडौं । समाजवादी प्रेस संगठन, नेपालले स्थापना गरेको ‘प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार’ तथा ‘सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार’ वितरण गरिएको छ। प्रदिप नेपाल स्मृति पत्रकारीता पुरस्कार अग्रज पत्रकार गाेपाल गुरागाई र सुरेश रजक फाेटाे पत्रकारीता पुरस्कार नरेश श्रेष्ठलाई प्रदान गरिएको हो ।
काठमाडौकाे बानेश्वरमा एक कार्यक्रम बिच नेपाली कम्युनिस्ट पार्टीका सहसंयाेजक माधब कुमार नेपालले उक्त पुरस्कार वितरण गरेका हुन्। पुरस्कारको राशी गुरागाँईलाई ५० हजार र श्रेष्ठलाई २५ हजार नगद प्रदान गरिएको छ।
कार्यक्रमकाे सभापतित्व समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठले गरेका थिए । सुरेश रजत फाेटाे पत्रकारीता पुरस्कार अध्यक्ष श्रेष्ठको पहलमा स्थापना भएको थियो । गत २०८२ चैत १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले आयाेजना गरेकाे जनसभाले हिंसात्मक रुप लिंदा पत्रकार रजतकाे मृत्यु भएको थियो । उनी एभेन्युज टेलिभिजनमा कार्यरत थिए ।

