अ+
अ
अ-
काभ्रेपलाञ्चोक । भूम्लु गाउँपालिका–७ फलाँटेका एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ बिहीबार बिहान दूध पुर्याउन जाने क्रममा भूम्लु गाउँपालिका–८ भूम्लुटारस्थित बाटोमा करेन्ट लागेर देवकी उप्रेतीको मृत्यु भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार मृतकको दूधको क्यान र खुट्टामा रहेको चप्पलका आधारमा उनको पहिचान गरिएको हो। करेन्टले शरीर जलेका कारण शव चिन्न कठिन अवस्थामा रहेको जनाइएको छ।

