अ+
अ
अ-
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले यसअघि फेसबुकबाट हटाउने घोषणा गरेका शिक्षा र स्वास्थ्यसम्बन्धी शुल्क औपचारिक रूपमा मन्त्रिपरिषबाट खारेज गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा र स्वास्थमा लगाइने कर हटाउने निर्णय गरेकाे जानकारी दिए ।
उनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत व्यवस्था गरिएका शिक्षा र स्वास्थ्यसम्बन्धी दुवै शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको जानकारी दिए। उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यी शुल्क लागू गरेको थियो।
साउन १ गतेदेखि कार्यान्वयनमा आएका ती शुल्कप्रति शिक्षा तथा स्वास्थ्य क्षेत्रका सरोकारवाला र सर्वसाधारणबाट व्यापक आलोचना भएपछि सरकारले अन्ततः उक्त निर्णय फिर्ता लिएको हो।

