काठमाडौ । विज्ञान ,प्रविधि तथा नवप्रवर्धन मन्त्री महाविर पुन काठमाडौँ विश्वविद्यालय अनुगमनका क्रममा काभ्रेकाे धुलिखेल पुग्नु भएको छ। उहाँले विभिन्न अनुसन्धान तथा नवप्रवर्तन केन्द्रहरूको अवलोकन गर्नु भएको हो ।
मन्त्री पुनले विश्वविद्यालयमा अवलोकनका क्रममा फार्मेसी ल्याब, कोरियन सरकारको सहयोगमा निर्माण गरिएको इनाेभेसन सेन्टर,पञ्चकन्या कम्पनीको सहयोगमा स्थापना गरिएको मार्कर स्पेश तथा इनर्जि ल्यावको निरीक्षण तथा त्यहाँका गतिविधिबारे जानकारी लिएको मन्त्री पुनकाे सचिवालयले जनाएको छ।
अवलोकनपछि उनले अनुसन्धानलाई व्यवहारिक उत्पादन र उद्यमसँग जोड्न आवश्यक रहेकोमा जोड दिएका छन्। यस्ता केन्द्रहरूबाट नवीन अनुसन्धानकर्ता, स्टार्टअप तथा उद्यमी उत्पादन गर्न सकिने भएकाले अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ। काठमाडौँ विश्वविद्यालयमा स्थापना गरिएका यस्ता अनुसन्धान तथा नवप्रवर्तन केन्द्रहरूले विज्ञान, प्रविधि, अनुसन्धान र उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने मन्त्री पुनले विश्वास व्यक्त गरेका छन् ।

