अ+
अ
अ-
काठमाडौं । बागमती प्रदेश सरकार अल्पमतमा परेकाे छ। नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट राजिना बुझाउने भएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार छ।
सरकारमा सहभागी एमालेका सबै ६ मन्त्रीले राजीनामा दिने तयारी गरेका छन्। सरकारबाट बाहिरिने मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुशरण पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र यादव, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।
बागमती प्रदेशमा २०८१ सालदेखि नेपाली कांग्रेस र नेकपा (एमाले) ले संयुक्त रूपमा सरकार सञ्चालन गर्दै आएका थिए। एमालेले समर्थन फिर्ता लिने निर्णयसँगै प्रदेशको सत्ता समीकरण परिवर्तन हुने र सरकारको भविष्य अन्य दलहरूको भूमिकामा निर्भर रहने देखिएको छ।

