अ+
अ
अ-
काठमाडौ । रास्वपा सांसद यज्ञ मणि न्यौपानेले न्याय प्रणालीप्रति निर्मम भएर सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद न्यौपानेले प्रहरीले शृङ्खलाबद्ध रूपमा पक्राउ गर्ने र विशेष अदालतले छोड्ने प्रक्रिया नियमितजस्तै बनेको टिप्पणी गरेका छन्। यस्तो प्रवृत्तिले न्यायालयप्रति आम नागरिकको विश्वास कमजोर बनाएको उनको दाबी छ।
उनले न्याय प्रणालीको पुनः समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै राजनीतिक निकायहरूले पनि परिवर्तनलाई आत्मसात गर्न नसके देशमा अपेक्षित परिवर्तन सम्भव नहुने बताएका छन् ।


