काठमाडौं । आज वि.सं. २०८३ साल साउन २ ३०गते शनिबार हो । पञ्चाङ्गअनुसार आज कृष्ण पक्षकाे अौसी तिथि हो । पुर्वफाल्गुनी नक्षत्र र वरियान याेग र चन्द्रमा सिंह राशीमा रहेको छ।
धार्मिक दृष्टिले शनिवारकाे महत्व अझ विशेष मानिएको छ। आज चतुर्थी तिथि पनि रहेकाले कतिपय स्थानमा यस दिनलाई ‘चौथी’ भनेर समेत चिनिन्छ। नेपाली समाजमा साउने सङ्क्रान्तिसँग जोडेर लुताे फाल्ने दिन पनि भनिन्छ ।धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार वर्षायाममा शरीरमा देखिने विभिन्न रोग, खोट, घाउ तथा अशुभ प्रभावहरू वर्षासँगै टाढा जाऊन् भन्ने कामनासहित साउने सङ्क्रान्तिको अघिल्लो रात लुदो फाल्ने चलन रहेको छ।
परम्पराअनुसार उक्त राति गाउँघरमा सामान्य मनोरञ्जनका लागि एकअर्काको बारी वा घरआँगनमा सानोतिनो बिगार गर्ने प्रचलन पनि थियो। तर यसले कसैलाई ठूलो आर्थिक वा भौतिक क्षति नपुग्ने गरी मात्रै गरिन्थ्यो। यसलाई सामाजिक सद्भाव, रमाइलो र सामुदायिक सम्बन्ध बलियो बनाउने सांस्कृतिक अभ्यासका रूपमा लिइन्थ्यो।
समयसँगै सहरीकरण, आधुनिक जीवनशैली र सामाजिक परिवर्तनका कारण यस्तो परम्परा अहिले विस्तारै हराउँदै गएको देखिन्छ। यद्यपि संस्कृतिविद्हरूका अनुसार लुदो फाल्ने चलन नेपाली समाजको मौलिक सांस्कृतिक सम्पदा भएकाले यसको सकारात्मक पक्षलाई संरक्षण गर्न आवश्यक छ।
यसैगरी, आज महिलालगायत श्रद्धालुहरूले बिहानै स्नान गरी घर–घरमा पूजा–आराधना गर्ने चलन रहेको छ। शनिबार परेकाले विशेष रूपमा शनिदेवको पूजा पनि गरिन्छ। धार्मिक विश्वासअनुसार शनिदेवको श्रद्धापूर्वक पूजा–आराधना गर्दा न्यायका देवता प्रसन्न हुने, ग्रहदोष शान्त हुने तथा जीवनमा आइपर्ने विभिन्न बाधा–अड्चन कम हुने जनविश्वास रहेको छ।

