अ+
अ
अ-
काठमाडौं। सरकारले संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिव राख्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले हटाएको यो प्रावधान अब पुनः लागू गरिने भएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री साेविता गौतमका अनुसार संसदमा सांसदहरूले एक्लैले सबै प्रशासनिक, व्यवस्थापकीय तथा समन्वयका काम प्रभावकारी रूपमा गर्न कठिन हुने भन्दै स्वकीय सचिव राख्नुपर्ने माग उठेको थियो। सोही मागलाई सम्बोधन गर्दै सरकारले उक्त व्यवस्था पुनः लागू गर्ने निर्णय गरेको हो। मन्त्री गौतमले भन्नू भयो ।
मन्त्री गौतमले सरकारको निर्णय सार्वजनिक गर्दै सांसदहरूले अब स्वकीय सचिव नियुक्त गर्न पाउने जानकारी दिनु भयो । स्वकीय सचिवको तलब, भत्ता तथा अन्य आर्थिक सुविधा सरकारी कोषबाटै खर्च गरिने छ।


