अ+
अ
अ-
काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गर्दै मन्त्रालयगत जिम्मेवारी हेरफेर गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारी परिवर्तन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिननाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, विश्वबाबु पौडेललाई पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ भने डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।
यस्तै, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। कृष्ण राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जिम्मेवारी दिइएको सरकारको निर्णयमा उल्लेख छ।


