अ+
अ
अ-
काठमाडौं । सरकारले नेपाल प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्व नियुक्त गरेको छ। नवगठित टोलीको कुलपतिमा कुमार नगरकोटी, उपकुलपतिमा अविनाश श्रेष्ठ र सदस्य-सचिवमा रामलाल जोशी नियुक्त भएका छन्।
त्यस्तै, प्राज्ञ परिषद् सदस्यमा तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलाषी, प्रतिसरा सायमी र डा. कृष्णराज सर्वहारी नियुक्त भएका छन्।
नवनियुक्त पदाधिकारी तथा प्राज्ञ परिषद् सदस्यहरूले नेपाल प्रज्ञा-प्रतिष्ठानमार्फत भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।


