अ+
अ
अ-
काठमाडौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले) का तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्। सत्ता साझेदार दल एमालेसँग बजेटसम्बन्धी विवाद उत्कर्षमा पुगेपछि मुख्यमन्त्री शाहले उनीहरूलाई पदबाट बर्खास्त गरेका हुन्।
बर्खास्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउद रहेका छन्।


