अ+
अ
अ-
काठमाडौ । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएको पुष्टि गरेका छन्।
त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि आफूले राजीनामा दिएको जानकारी दिएका छन्। राजिव विक्रम शाह अर्थिक मामला तथा याेजना मन्त्री , ,उर्जा तथा जलस्राेत मन्त्री विजय बुढा गरि चार मन्त्रीहरूले असार ३१ गते सामूहिक रूपमा राजीनामा दिएका हुन्। राजीनामापछि कर्णाली प्रदेश सरकारको राजनीतिक समीकरणमा नयाँ हेरफेर हुने छ।


