अ+
अ
अ-
काठमाडौं । कलाकार हिमेश पन्तले मिडिया हाउसअगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति खराे टिप्पणी गरेका छन् । आज (मंगलबार) सामाजिक संजालमा स्ट्याटस लेख्दै उनले यस्ताे व्यबहारले लोकतान्त्रिक मूल्य-मान्यता विपरीतको कार्य भएको टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्,` सञ्चारमाध्यमसँग असहमति हुन सक्छ, उनीहरूको समाचार वा सम्पादकीय नीतिको आलोचना गर्न सकिन्छ, आवश्यक परे कानुनी उपचार पनि खोज्न सकिन्छ। तर मिडिया हाउसअगाडि शंकास्पद गाडी राखेर त्रास सिर्जना गर्ने शैली लोकतन्त्रको अभ्यास नभई डरको राजनीति भएको अभिव्यक्ति दिएका छन् ।
उक्त धारणामा यस्ता गतिविधिले कुनै विचार वा पक्षलाई बलियो नबनाउने, बरु सम्बन्धित पक्षको नैतिक आधार नै कमजोर बनाउने उल्लेख गरिएको छ। साथै, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक वातावरणको सम्मान गर्दै विवादको समाधान कानुनी तथा शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा पन्थकाे छ।


