आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा मृत्यु

अ+
अ
अ-

 

काठमाडौं । सर्लाहीका विवेक मण्डलको आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेपछि उपचारका क्रममा मृत्यु भएको छ।

गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका मण्डललाई सोही दिन हेलिकप्टरमार्फत काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याई उपचार थालिएको थियो। शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेका उनको उपचारकै क्रममा आज मंगलबार मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण उनले शरीरमा आगो लगाएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।