अ+
अ
अ-
काठमाडौं । समाज कल्याण परिषदले उच्च तलबभत्तासहितको सेवामा कार्यरत ४९ कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ।
बर्खास्त हुनेमा राष्ट्रपति रामचन्द्र पौडेलका दुई भाञ्जी दीक्षा आचार्य र सरला पोखरेल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा विक्रमबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरूको दबाबमा नियुक्त भएका व्यक्तिहरू रहेको जनाइएको छ।
परिषदका अनुसार ती कर्मचारीहरूलाई खुला प्रतिस्पर्धा तथा प्रचलित नियुक्ति प्रक्रियाविना उच्च सेवामा नियुक्त गरिएको थियो। नियुक्ति प्रक्रिया कानुन र मापदण्डअनुसार नभएको निष्कर्षपछि परिषदले उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरेको जनाएको छ।
यस निर्णयसँगै विगतमा राजनीतिक पहुँच र दबाबका आधारमा गरिएका नियुक्तिमाथि प्रश्न उठेको छ। परिषदले सार्वजनिक निकायमा पारदर्शिता, विधिसम्मत नियुक्ति प्रक्रिया र सुशासन कायम गर्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ।


