उपचाररत जेनेजी अभियन्ता माजिद अन्सारीद्वारा सुरक्षाको माग

अ+
अ
अ-

काठमाडौं । उपचारका क्रममा: अस्पतालमा रहेका जेनेजी अभियन्ता माजिद अन्सारीले आफ्नो सुरक्षा सुनिश्चित गरिदिन सरकारसँग अपिल गरेका छन् ।

अस्पतालबाट  विज्ञप्ति जारी गर्दै उनले आफूलाई प्रहरीले गैरकानुनी रूपमा नियन्त्रणमा लिएको दाबी गरेका छन् । उनले  सरकार, प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिका साथै नागरिक समाज र अन्तर्राष्ट्रिय मानव अधिकार निकायसँग आफ्नो सुरक्षाको माग गरेका हुन् ।

विज्ञप्तिमा गृह मन्त्रालय र नेपाल प्रहरीका सम्बन्धित निकायले आफूलाई पक्राउ गर्नुको कारण स्पष्ट नगरेको तथा हालसम्म पक्राउ पुर्जीसमेत नदिइएको उल्लेख गरिएको छ ।

अन्सारी शनिबार सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनका क्रममा प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उनकाे आराेप छ।