अ+
अ
अ-
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उहाँकै निवासमा पुर्याएको छ।
प्रसाई झापाबाट हवाईमार्ग हुँदै काठमाडौं आएका थिए। विमानस्थलमै पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरी स्रोतका अनुसार प्रसाईका सार्वजनिक गतिविधि र अभिव्यक्तिले सामाजिक उत्तेजना तथा सार्वजनिक शान्ति–सुरक्षामा असर पर्न सक्ने सम्भावना देखिएकाले उहाँलाई कार्यक्रम गर्न नदिई घरसम्म पुर्याइएको हो।
सुरक्षा निकायले प्रसाईका विगतका अभिव्यक्ति, भाषण तथा आह्वानका कारण समर्थकहरू सडकमा उत्रिने, भिडभाड हुने र तनाव सिर्जना हुन सक्ने आकलन गर्दै सम्भावित अप्रिय अवस्था रोक्न पूर्वसावधानीस्वरूप यस्तो कदम चालिएको जनाएको स्रोतको दाबी छ।


