अ+
अ
अ-
काठमाडौं । शनिबार बिहान काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै डेरामा शरीरमा आगो लगाई आत्मदाह प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार राउतको शरीरको करिब ८५ प्रतिशत भाग जलेको थियो। उनको उपचारका क्रममा मृत्यु भएको वीर अस्पताल स्रोतले पुष्टि गरेको छ।
मृतकको शव पोस्टमार्टमका लागि त्रि.वि.शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ। राउतले आफैंमाथि आगो लगाएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

