काभ्रेको दोलालघाटमा बाढीले बगाएर ल्याएको अज्ञात शव फेला

अ+
अ
अ-

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका अन्तर्गत दोलालघाटस्थित नदी किनारमा एक अज्ञात शव फेला परेको छ। स्थानीयका अनुसार शव नदीमा बाढीले  बगेर ल्याएको हो । हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन ।

यस घटनाबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। सामाजिक सञ्जालमा सार्वजनिक  भिडियो अनुसार नदीमा माछा मार्न गएका व्यक्तिलाई बाढीले बगाएको अनुमान छ। उनकाे साथमा माछा मार्ने जाल पनि भेटिएको थियो ।