जरिवाना नतिरे कागजात यातायात कार्यालय पठाइने, ट्राफिकको चेतावनी

अ+
अ
अ-

पाँचथर । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले ट्राफिक नियम उल्लङ्घनका क्रममा नियन्त्रणमा लिइएका सवारीसम्बन्धी कागजात असार मसान्तभित्र फिर्ता लैजान सम्बन्धित सवारीधनी तथा चालकलाई आग्रह गरेको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार विभिन्न मितिमा ट्राफिक नियम उल्लङ्घन गरी नियन्त्रणमा लिइएका सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लुबुक) तथा सवारी इजाजतपत्र (परमिट) लगायतका कागजात यथाशीघ्र जरिवाना बुझाई सोको रसिद सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका पोष्टबाट फिर्ता लिन अनुरोध गरिएको छ।

सूचनामा २०८३ असार मसान्तभित्र कागजात फिर्ता नलिए थप कारबाहीका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइने चेतावनी समेत दिइएको छ।