अ+
अ
अ-
काठमाडौं। नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दैनिक मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४ हजार ५५५ रुपैयाँमै कायम रहेको छ। महासंघका अनुसार हिजो (असार २३) पनि छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ र चाँदी ४ हजार ५५५ रुपैयाँमै कारोबार भएको थियो। यस आधारमा आज सुन र चाँदी दुवैको मूल्यमा कुनै वृद्धि वा गिरावट नभई बजार स्थिर रहेको देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव र अमेरिकी डलरको विनिमय दरलगायतका कारण सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने भए पनि आज भने नेपाली बजारमा दुवै बहुमूल्य धातुको मूल्य यथावत् रहेको महासंघले जनाएको छ।


