काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानले जिर्मा कविता संङ्ग्रह परिचर्चा गरेकाे छ । कवि तारादेवी सुनुवारद्वारा लिखित उक्त कृति माथि विश्वभक्त दुलाल`अाहुती´, र प्रा. डा. जगदीशचन्द्र भण्डारीले टिप्पणी गर्नु भएको थियो । प्रत्येक महिनाको तेस्रो शनिबार आयोजित कार्यक्रम अन्तरगर्त आजकाे कार्यक्रममा प्रमुख अतिथि कृष्ण प्रसाद दाहाल हुनुहुन्थ्यो भने इलामेली जेठाे स्रष्टा विशेष रहनु भएको थियो ।
जेठाेले आधा दर्जन रचना सुनाएर रौनकता थप्नु भएको थियो । यसपटक प्रगतिवादी कवि पूर्ण विरामका कविता प्रतियाेगितामा वाचन भएनन् । प्रतियाेगि भन्दा बाहिरबाट कवि माधव अटल र रत्न निधि रेग्मीले एक,एकवटा कविता प्रस्तुत गर्ने अबसर प्राप्त गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले वाचित रचनाहरु माथि समिक्षात्मक टिप्पणी गर्नु भयो । उहाँले स्रष्टाहरुले तीन किसिमका रचनना सुनाएर तिनले समाज परिवर्तनको सन्देश बाेकेकाे प्रष्ट्याउनु भयो ।
यस्तै जिर्माका समिक्षकद्वयले सुनुवारका कविताले सामाजिक विद्रोह,युद्धको वेदना,जातीय उत्पिडनकाे पीडा ओकलेकाे बताउनुभएको थियो ।
कार्यक्रममा सुप्रभात काव्यगोष्ठी, समीक्षा, खुला रचना वाचन, कृति परिचर्चा तथा प्रमुख अतिथि, अतिथि, समालोचक, कृतिकार र स्रष्टा विशेषलाई सम्मान अर्पण गरिने कार्यक्रम सहित समापन भएको थियो ।

