२०८३ बैशाख१६ बुधबार
काभ्रेपलान्चोक । भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि नापजाँच तथा पहिचान कार्य सुरु गर्ने भएको छ।
गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार गाउँ कार्यपालिकाको निर्णय तथा जिल्ला प्रशासन कार्यालयको पत्राचारका आधारमा उक्त अभियान सञ्चालन गर्न लागिएको हो।
यस क्रममा तोकिएको मिति, समय र स्थानमा गाउँपालिकाबाट खटिने प्राविधिक टोलीले सरकारी तथा सार्वजनिक जग्गाको नापजाँच तथा रेखाङ्कन गर्नेछ।
यससँगै सम्बन्धित क्षेत्रमा घर तथा जग्गा भएका व्यक्तिहरूलाई आफ्नो स्वामित्व सम्बन्धी सम्पूर्ण कागजात सहित उपस्थित हुन गाउँपालिकाले आग्रह गरेको छ।
वडा नं. १० दोलालघाट बजार क्षेत्र (चारखोला बजारदेखि इन्द्रावती पुलसम्म, साथै वडा नं. ८ र ९ का केही क्षेत्र) वडा नं. ०८ दोलालघाट बजार क्षेत्र (साबिक पिपलटार–४ ‘क’ भुम्लुटार क्षेत्र) गाउँपालिकाले सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी बनाउन नागरिकको सहयोग आवश्यक रहेको जनाएको


