अ+
अ
अ-
चैत १४, शनिबार २०८२
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विषयमा नेकपा एमालेका नेताहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
ओली पक्राउ लगत्तै एमालेको सचिवालय बैठक बसिरहेको छ। एमाले नेता अग्नि खरेलले ओलीलाई पक्राउ गर्ने शैली गलत भएको प्रतिक्रिया दिएका छन्। उनले भने, “सरकारी रवैया ठीक भएन, यो गलत छ। हामी कानुनी प्रक्रियामा जानेछौं।”
त्यस्तै, ओलीनिकट मानिने एमाले सचिव महेश बस्नेतले प्रहरीले गर्ने काम ‘बालेन सरकार’को क्याबिनेटबाट निर्णय गरिएको आरोप लगाएका छन्। उनले प्रक्रियागत रूपमा कानुनको दुरुपयोग भएको दाबी गरेका छन्।
#केपीओली#महेश बस्नेत


