कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुन्छ : गृहमन्त्री गुरुङ

+
-

चैत १३, शुक्रबार २०८२
काठमाडौं। नवनियुक्त गृहमन्त्री सुदन गुरुङले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुने संकेत गर्नुभएको छ।

आज पद तथा गोपनीयताको शपथ ग्रहणपछि पदभार सम्हाल्दै मन्त्री गुरुङले उक्त कुरा बताउनुभएको हो। गृहमन्त्रालयमा कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै उहाँले प्रधानमन्त्रीको निर्देशनमा ‘जेन जि आन्दोलन’ पछि गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो।

मन्त्री गुरुङले भन्नुभयो, “जेन जि आन्दोलनले दिएको जनादेश र त्यसबाट भएका अपराध क्षम्य हुँदैनन्। हामी काम गर्छौं र छानबिन आयोगले दोषी ठहर गरेका कसैलाई पनि छुट दिइने छैन।” उहाँले कुनै पनि बहानामा दोषीलाई उन्मुक्ति दिन नसकिने दाबी गर्नुभयो।