सांसद हुनु ‘ठूलो मान्छे’ होइन, ठूलो जिम्मेवारी बोक्नु हो:- सांसद भण्डारी

+
-

च‌ैत्र,१२ बिहीबार ,२०८२
काठमाडौ । प्रतिनिधी सभा सदस्य बदन कुमार भण्डारीले सांसदको पद ठुलो नभएको बताउनु भएको छ।

आज पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्दै सांसद भण्डारीले पद, सुविधा र प्रतिष्ठाभन्दा पनि परिणाम, मेहनत र निष्ठाको प्रतिविम्ब संसद पद रहेको अनुभव गर्नु भएको हो। उहाँले जनताको विश्वास जित्नु मात्र होइन, त्यसलाई कामबाट प्रमाणित गर्नु अझ ठूलो दायित्व रहेको दावी गर्नु भयो ।

सांसदहरु  सधैं जनताप्रति उत्तरदायी रहँदै, विकास र सुशासनको मार्गमा प्रतिबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ।

#BadanBhandari
#OnlineNews
#NepalPolitics