समाचार
सम्पादक श्रेष्ठलाई धरौटीमा छाेड्याे अदालतले

असार ११, बिहीबार २०८२
काठमाडौ । अदालतको अवहेलना मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बालाई अदालतले धरौटीमा रिहा गरेको छ। आज उहाँहरुलाई जनही २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेश गरेको हो ।
आज विशेष अदालतमा भएको बयान र थुनछेककाे बहस पछि विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पूर्ण इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गर्नु भएको थियो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा, विदुर कोइराला सम्मिलित इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताहरूले बहस गर्नु भएको थियो ।
