समाचार
कुटपिट गरेर महिलाको हत्या गरिएको माइती पक्षको दावी
विराटनगर / मोरङको बेलबारी नगरपालिका–६ कसेनीकी २७ वर्षीय मुना भनिने सिर्जना राईको श्रीमान पर्वत राईको कुटाईबाट मृत्यु भएको भन्दै माइती पक्षले निस्पक्ष अनुसन्धानको माग गरेको छ । पेट दुखेर बिरामी भएकी भन्दै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएकी उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको थियो । उपचारका लागि पर्वतले नै पु¥याएका हुन् । त्यहाँ पु¥याउँदा सिर्जनाको नाक र अनुहारबाट रगत बगिरहेको थियो । आँखा, चिउँडो, भूँडी र शरीरका विभिन्न भागमा चोट रहेको देखेपछि उपचारका संलग्न चिकित्सकले पनि घटना शंकास्पद भन्दै शवको पोष्टमार्टम गरेर मात्रै आफन्तलाई जिम्मा लगाएका थिए । घटना शंकास्पद रहेका कारण चिकित्सकको सल्लाह बमोजिम शवको पोष्टमार्टम गरिएको प्रतिष्ठानस्थित प्रहरीले जनाएको छ । विराटनगर / मोरङको बेलबारी नगरपालिका–६ कसेनीकी २७ वर्षीय मुना भनिने सिर्जना राईको श्रीमान पर्वत राईको कुटाईबाट मृत्यु भएको भन्दै माइती पक्षले निस्पक्ष अनुसन्धानको माग गरेको छ । पेट दुखेर बिरामी भएकी भन्दै उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएकी उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको थियो । उपचारका लागि पर्वतले नै पु¥याएका हुन् । त्यहाँ पु¥याउँदा सिर्जनाको नाक र अनुहारबाट रगत बगिरहेको थियो । आँखा, चिउँडो, भूँडी र शरीरका विभिन्न भागमा चोट रहेको देखेपछि उपचारका संलग्न चिकित्सकले पनि घटना शंकास्पद भन्दै शवको पोष्टमार्टम गरेर मात्रै आफन्तलाई जिम्मा लगाएका थिए । घटना शंकास्पद रहेका कारण चिकित्सकको सल्लाह बमोजिम शवको पोष्टमार्टम गरिएको प्रतिष्ठानस्थित प्रहरीले जनाएको छ ।



