समाचार

सामुदायिक सहकारीमा रकम अपचलन गर्ने कर्मचारीलाई कार्बाहीकाे सिफारिस

जेठ १२ साेमबार ,२०८२
काभ्रेपलान्चोक । जिल्लाकाे पनौती नगरपालिका वडा नम्बर ४ मा रहेकाे `सामुदायिक बचत तथा ऋण सहकारी संस्था´काे रकम हिनामिना भएको तथ्य खुलेकाे छ। आज साेमबार कार्यालयले आधिकारिक रुपमा विज्ञप्ति जारी गर्दै,` सेवाकेन्द्रमा कार्यरत प्रमुख विकास खड्का,ऋण सहायकद्वय सुवास सापकाेटा र सुन्दर घिमिरेले संस्थाको नीति ,विधि र कानुन उलंघन गरि रकम अपचलन गरेकाे बताएकाे छ।`

संस्थाका अध्यक्षले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ,` `विगत ३१ वर्ष देखि सहकारीको क्षेत्रमा याेगदान गर्दै आएको संस्थालाई बदनाम हुने गरि केही ब्यक्तिले ठुलाे मात्रामा रकम हिनामिना गरेकाले घटनामा संलग्नहरुलाई कानुनी कार्वाहीका निम्ति सम्बन्धि निकायलाई अनुराेध गरिएको छ। यहि जेष्ठ ९ गते बसेकाे संचालक समितिकाे निर्णयले सम्बन्धित ब्यक्तिहरुले संस्थाकाे रकम अनियमितता गरेकाे थाहा पाएकाे मितिले निजी दाेषीहरुलाई निलम्बन गरिएको थियो । साथै निलम्बन पश्चात् छानबिन सुरु गरिएको हो । ´

सेयर सदस्य र सराेकारवालाकाे रकम संस्थामा सुरक्षित रहेको छ। संस्थाकाे सम्पत्ति तथा दाहित्वकाे जिम्मेवारी संचालक समिति र उच्च प्रशासनले लिने प्रतिबद्दता जनाइएकाे छ। संस्थाका अध्यक्ष मुकुन्द शर्माले सम्पुर्ण सेयर सदस्य तथा बचत कर्तालाई विचलित नहुन पनि विज्ञप्ति मार्फत अनुराेध गर्नु भएको छ।

साविक कुशादेवी सेवाकेन्द्रमा रहेका विकास खड्काले आफू जवानी बसि आफन्तलाई ऋणि बनाई दिएकाे रकम १ कराेड ३८ लाख ५० हजार ,सुवास सापकाेटा ३ कराेड,३ लाख ८२ हजार र सुन्दर घिमिरेको ५८ लाख,२५ हजार,९ सय ६४ रुपैयाँ नियमानुसार साँवा ब्याज असुल उपर भइसकेको जानकारी गराइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *