समाचार

डेंगुबाट श्रीलङ्कामा दुईको मृत्यु, ३७ सय प्रभावित

काठमाडौँ,१५ माघ । श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको विवरण अधिकारीहरुले मङ्गलबार सार्वजनिक गरेका हुन् ।

इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ ।प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन् । त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *